काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पहिलेको सरकारले आफूविरुद्ध समेत सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन खोजेको आरोप लगााएका छन् ।
बिहिबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले त्यस्तो बताएका हुन् ।
सम्पत्ति शुद्धीकरणको विषयमा सात वटै प्रदेशमा कार्यालय हुनुपर्ने विषयमा बोल्दै उनले ‘कसैले धेरै सम्पत्ति कमायो भन्दैमा सम्पत्ति शुद्धीकरणको मुद्दा नचल्ने’ बताए ।
‘कुनै मान्छे मन परेन, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइदे । हाम्रै पार्टी सभापतिविरुद्ध पनि त्यो हतियार चलाइएको हो । म विरुद्ध पनि यो हतियार चलाउन खोजिएको कर्मचारीहरुले भन्छन्,’ उनले भने ।



प्रतिक्रिया