कांग्रेसका तीन नेताबीच छलफल


काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरका तीन नेताबीच भेटवार्ता भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको निधिको सचिवालयले जनाएको छ ।