काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले पाँच वर्षभित्रै देश बस्न लायक बनाउने बताएका छन् ।
मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको उनले दाबी गरे ।
नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र आकर्षक रोजगारीको अवसर सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको उनले बताए।
विदेश जाने युवाले पनि सीप, प्रविधि र ज्ञान आर्जन गरी थप सक्षम भएर स्वदेश फर्किने वातावरण तयार पारिने उनको भनाइ छ ।
सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, सीपमुखी र उत्पादनमुखी बनाउने नीति अवलम्बन गरेको उनले बताए ।



प्रतिक्रिया