काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रको कार्यकारी निर्देशकमा ढुंगानालाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने, ‘सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय भयो ।’



प्रतिक्रिया