काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको नेता पूर्णबहादुर खड्काले समुहको बैठक बोलाएका छन् । खड्काले गोल्फुटारस्थित आफ्नो निवासमा निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएको देउवा समूहका नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि सातै प्रदेशमा भेला सकेको देउवा समूहले ती भेलाको समीक्षा गर्ने समीक्षा गर्ने, विषेश महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानमा संस्थापनले तदारुकता नदेखाएपछि कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न बैठक आह्वान भएको नेता डा. महतले बताए ।
काठमाडौँको चुनदेवीमा १५ औँ महाधिवेशन तयारीका लागि ‘सम्पर्क कार्यालय’ निश्चित गरेकोले औपचारिकता कहिले दिने भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।



प्रतिक्रिया