अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ


काठमाडौं, काठमाडौं महानगरपालिका-१५ डल्लुबाट अवैध लागूऔषध पोलेन ७ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ४५ वर्षीय रोशन पोडेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले रोशनले काठमाडौं डल्लुमा संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

 मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मङगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९६ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोतिराज लिम्बु र रंगेली नगरपालिका-६ बस्ने ३३ वर्षीय मिथुन शाह रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोतिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ११ मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सुमन लिम्बु र २३ वर्षीय युराज मगर रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिबेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र स्पास्मो २ सय ३० ट्याब्लेट सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय भानुभक्त लिम्बु, २२ वर्षीय बिप्लव परियार, सोही नगरपालिका-८ बस्ने २५ वर्षीय किरण राई र बेलबारी नगरपालिका-२ बस्ने २५ वर्षीय सुशिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १९ मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ३७ वर्षीय चन्द्र बहादुर तामाङ र भारत किशनगंज दिघलबैंक बिहार कुतुवाभिट्टा बस्ने १९ वर्षीय अब्दुल रहमान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, कमल गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित गौरादह नगरपालिका-१ बस्ने  ३० वर्षीय बिक्रम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ३७ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ आहाले बस्ने ४५ वर्षीय लोक बहादुर राई र भोजपुर साल्पासिलिछो गाउँपालिका-२ कुलुङ बस्ने ३१ वर्षीया बिनिता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले प्र.१-०२-००१ च ४५३१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको    हो ।

धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ७० मिलिग्राम र नगद १४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-४ बस्तीपुर बस्ने ३० वर्षीय लक्ष्मी कुमार र २२ वर्षीय अर्जुन कुमार यादव रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००६ प ७८९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३४ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका-२ बस्ने ३२ वर्षीय बिनोद क्षेत्री र फेदीखोला गाउँपालिका-५ बस्ने २६ वर्षीय कोन रेशम क्षेत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १६९५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१० उत्तम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१० लक्ष्मीटोल बस्ने ३२ वर्षीय ज्ञान बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा ज्ञान बहादुरले उक्त पदार्थ सोही महानगरपालिका-१० उत्तम चोक घर भएका ३७ वर्षीय जोन भन्ने गोविन्द थापा र उनकै दाइ ३८ वर्षीय जीवन भन्ने रूम बहादुर थापासँग किनेको भन्ने खुल्न आएपछि उनीहरूको घर तलासी गर्दा करिब १३ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ६ लाख ७ हजार रूपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।   

बाँके, कोहलपुर नगरपालिका-५ नारायण टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय होम बहादुर सार्की, उनकै श्रीमती १९ वर्षीया नुकिता घर्ति मगर, कोहलपुर नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन चौधरी र २७ वर्षीय बिष्णु सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ पंचकोषी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय माधव शाह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय नरेश थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, मिर्चैया नगरपालिका-५ थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय राहुल कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, ब्यास नगरपालिका-४ चुरे खोल्सीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनारगन ३२ एम्पुल र बुप्रेनोर्फिन ३४ एम्पुल सहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग.१५ प १८२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।