जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ ।
बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।
अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
दोस्रो मधेश आन्दोलनको बेला २०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।



प्रतिक्रिया