काठमाडौँ । केहिदिनदेखि नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले काठमाडौँमा आन्दोलन जारी राखेका छन् । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा पाउनुपर्ने माग राख्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
५० भन्दा बढीको सङ्ख्यामा काठमाडौँ आएका सुस्तावासीले भूमि संरक्षण, वर्षौँदेखि बसोबास गर्दै आएकालाई नागरिकता र लालपुर्जा वितरण गर्नुपर्ने तीन प्रमुख माग राखेका छन्।
मंगलबारदेखि आन्दोलनमा उत्रिएका उनीहरूले बुधबार गृहमन्त्री सुदन गुरुङसँग भेटवार्ता गरेका थिए। बिहीबार विश्राम गरेका उनीहरूले प्रधानमन्त्रीसँग भेट्न नपाएको र आफ्ना माग सम्बोधन नभएको भन्दै शुक्रबारदेखि फेरि सडकमा उत्रिएका हुन्।
प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ।



प्रतिक्रिया