कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने २३ वर्षीय ललित राना क्षेत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने २५ वर्षीय दिनेश शर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, कटहरी गाउँपालिका-२ स्थित कदमगाछीया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४१ मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदिप सिंह समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका-३ राजाबासबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय ट्याब्लेट र नगद ३४ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३२ वर्षीय श्याम सहनी र २९ वर्षीय रबिन खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको प्र.२-०१-००१प ५४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी उदयपुर, त्रियुगा नगरपालिका-५ कोरिया खोला नजिकबाट नियन्त्रित लागूऔषध ओपिडोल २ सय ४५ ट्याब्लेट र स्पास्मो २ सय ४५ ट्याब्लेट सहित सोही नगरपालिका-१० बोक्से बस्ने २४ वर्षीय दिलिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले सप्तरीबाट पूर्व दमौतीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ५९७१ नम्बरको स्कुटरमा सवार उनलई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ राधेराधेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित काभ्रे बनेपा नगरपालिका-१ बस्ने ३० वर्षीय मनिष जिसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०६४ प ६१९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी भक्तपुर, भक्तपुर नगरपालिका-३ वंशगोपालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३३ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका-६ घर भएका २६ वर्षीय अजय लामा र भक्तपुर सिद्धपोखरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका २६ वर्षीय अनिस तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० करमघारीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय ग्राम सहित सोही नगरपालिका-१२ बस्ने २५ वर्षीय बिजय थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अरूणखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध फेनारगन ३५ एम्पुल र एनारगन ३५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मनोहर तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।
सिराहा, लहान नगरपालिका-१२ जटियाही टोल बस्ने २७ वर्षीय बिजय कुमार सदाय समेत २ जनालाई अवैध लागूऔध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले बिजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ नयाँबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० ग्राम ९ सय ३० मिलिग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय लाल बहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, बेदकोट नगरपालिका-३ दैजी बस्ने २० वर्षीय लोकेन्द्र डगौरा र कैलाली धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने २५ वर्षीय अशोक पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित जगरनाथपुर गाउँपालिका-५ चिलझपटी टोल बस्ने २२ वर्षीय राजन साह तेलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-७ पानमारा स्टेनस्थित सेवानुङ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्राम र नगद ४७ हजार रूपैयाँ सहित होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय रितेश भुजेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । यसैगरी धरान उपमहानगरपालिका-१५ बाट सोही उपमहानगरपालिका-३ शान्तीपथ बस्ने ४३ वर्षीय शंखर गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-४ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका ४१ वर्षीय दिनेश भट्टराईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २० मिलिग्राम र नगद ११ हजार ९ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया