काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधि र डा.शेखर कोइरालाबीच भेट भएको छ । आज(शनिबार) दुई नेताबीच भेट भएको हो ।
नेता कोइराला पूर्वउपसभापति निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । उनीहरूबीच झण्डै एक घण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
भेटमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।साथै संघीयताबारे रास्वपा महाधिवेशनमा उठेको विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।
यसअघि बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न कोइराला गल्फुटार पुगेका थिए ।



प्रतिक्रिया