तेलमा साङ्ला भेटिएपछि न्यूरोडको एक रेष्टुरेन्टलाई दुई लाख जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिका-२२ न्यूरोडमा रहेको एक रेष्टुरेन्टलाई जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई विभागले अनुगमन गरी दुई लाख जरिवाना गरेको हो ।

अनुगमनका क्रममा रेष्टुरेन्टमा सरसफाइको अवस्था सामान्य पाइए पनि म्याद नाघेको फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो ।

यस्तै, फ्रिजमा भण्डारण अव्यवस्थित रहेको र तेलको टीपीएम २२.० पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले जानकारी दिइन् ।

अनुगमनका क्रममा भेटिएका म्याद नाघेका तथा पूर्ण लेभल विवरण नभएका दुई बोतल स्क्वास नष्ट गरिएको छ ।