काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा


काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेकी हुन् ।

डङ्गोलले खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

हरेक बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन हरेक अभिभावकहरूलाई दायित्व निर्वाह गर्न उनले अनुरोध गरिन् ।

उनले पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको बताइन् ।