सरकारकाे १०० दिन: २ लाख ६ हजार बढी राहदानी घरमै पुर्‍याइयाे


काठमाडौँ । सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार सरकारका सय दिने प्रगति सार्वजनिक गर्दै २ लाख ६ हजार ३ सय ३० थान राहदानी घरमै पुर्‍याइएको जानकारी दिए ।

हाल २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्र छपाइ सम्पन्न भइसकेको उनले बताए ।

असार मसान्तसम्म २९ लाख छपाइ सम्पन्न गरिने उनको भनाइ छ। हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु गरिएको समेत उनले बताए ।