२३.५५ ग्राम ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ


झापा । २३.५५ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ८ बस्ने अन्दाजी ४१ वर्षीय सरोज गहतराज रहेका छन् ।

अर्जुनधारा नगरपालिका ८ सब्जीलाइनस्थित बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ‘N10’ लेखिएको खोलबिनाको सेतो ट्याब्लेट ३० थान, २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ तथा दुई थान मोबाइल फेला परेको थियाे ।

उक्त लागुऔषध, मोटरसाइकल र सरोज गहतराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे ।