काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको ४२ काम र्सावजनिक गरेका हुन् ।
एसईईको नतिजा एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्न सुरु गरिएको उल्लेख गरिएको छ ।
बिदाको दिनमा समेत वैदेशिक अध्ययन अनुमति–पत्र र शैक्षिक प्रमाणीकरणको सेवा थालनी गरिएकोको प्रगति विवरणमा भनिएको छ । जेन्जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूलाई सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप, विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सुरु गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ कार्यान्वयन कार्यान्वयन सुरू गरिएको छ । नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिमलगायतका विश्वविद्यालय रा।खे।प।, नेपाल स्काउट, राष्ट्रिय परिक्षा बोर्ड, शिक्षा तथा मानवश्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित कार्यदलहरुका प्रतिवेदनहरु कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाईएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट स्वीकृत क्यालेण्डर अनुसार शैक्षिक कार्यक्रम सञ्चालनको प्रणाली लागू गरिएको जनाइएको छ । स्वच्छ र प्रतिस्पर्धात्मक सिद्धान्तका आधारमा सबै विश्वविद्यालय र सबै स्वायत्त निकायहरूमा पदाधिकारी छनोटको काम भएको उल्लेख छ ।



प्रतिक्रिया