प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनलाई महेश बस्नेतको चेतावनी : ‘एक–एक हिसाब गर्छाैँ’


काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङसँग एक–एक हिसाब राखेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बस्नेतले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालत लगायतका भौतिक सम्पत्ति जलाइएको देखि एमालेका नेतामाथि धरपकड गरिएको विषयसम्म हिसाब राखिएको बताएका हुन्।

‘बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ। तिमीहरूसँग यसको हिसाब हुनेछ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ,’उनले भने।

उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ‘वाहियात’ आरोप लगाएर थुनिएको दाबी गरे ।