बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ ।
आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए ।
उनले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझावलाई बेवास्ता गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गर्ने जानकारी गराए ।
थारुको धारणापछि प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए । त्यसलगत्तै सभामुख तुलाराम घर्तीमगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे ।



प्रतिक्रिया