काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो । कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कांग्रेसले १५औं महाधिवेशन आगामी असोजमा गर्ने तयारी गरेको छ।



प्रतिक्रिया