काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन हुने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमन गर्दै सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्रीद्वयले प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने बताए ।
मन्त्रीद्वयले १३ वर्षदेखि खरिद हुन नसकेको (एमआरआई) मेसिनका लागि मन्त्रालयबाट २५ करोड बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए । लामो समयदेखि विवादमा रहेको (एमसीएच) भवन सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रतिष्ठानको समग्र सुधारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।



प्रतिक्रिया