काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेशकुमार मल्लले सरकारको हस्तक्षेपको कारण नेपालको फुटबलमाथि फिफाले निलम्बन गरेको आरोप लगााएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो।’
फिफा र एफसीले पटक–पटक निर्वाचन प्रक्रिया अघि बढाउन, तेस्रो पक्षको हस्तक्षेप नगर्न र अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्न सक्ने स्पष्ट चेतावनी दिएको स्मरण गरे । ‘सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन । राष्ट्रिय खेलकुद परिषद्बाट निर्वाचन रोक्ने, एन्फालाई निलम्बन गर्ने र आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने काम भयो,’ उनले भने ।
उनले भने, ‘सरकारसँग मेरो स्पष्ट माग छ, तत्काल कूटनीतिक र संस्थागत पहलमार्फत फिफासँग विश्वास पुनर्स्थापित गरी नेपालमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गरियोस्। । खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै यस्ता हस्तक्षेप फेरि नदोहोरिने सुनिश्चित गरियोस्।’



प्रतिक्रिया