काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले कार्यालय स्थापना गरेको छ । सोमबार एक कार्यक्रमबीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए। त्यसअघि नेताहरूबीच छलफल भएको थियो ।
उद्घाटनपछि सम्पर्क कार्यालयमै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बसेको छ। बैठकमा कांग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएके बुझिएको छ ।



प्रतिक्रिया