काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो । सरकारले एडीबीबाट प्राप्त हुने यस ऋण सहयोगलाई देशको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने कार्यमा परिचालन गर्ने लक्ष्य राखेको छ।
सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया