स्वास्थ्यमन्त्रीको राजिनामा माग्दा पक्राउ परे अधिकारी


काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताको राजिनामा गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो ।

‘उनले स्वास्थ्यमन्त्रीले गरेको काम लिएर सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । अधिकारीले गत शनिबार फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ भनेर पोस्ट गरेका थिए ।

उनले अर्को स्टाटसमा लेखेका थिए, ‘निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ। अख्तियार के गर्दैछरु लाज बेचिसक्यौ भने स्वास्थ्य मन्त्री पदबाट राजीनामा देऊ ।’

स्थानीय स्वास्थ्यकर्मीहरुले मन्त्रीको आलोचना गरेकै आधारमा बिना पुर्जी अधिकारीलाई पक्राउ गरेको भन्दै बिरोध गरेका छन् ।