मौद्रिक नीति सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ ।

मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बताए ।

पश्चिम एसियामा बढेको राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीती चाप बढेपनि युद्धविरामले हाल अवस्था सहज हुँदै गएको उनले बताएका छन् । सरकारले यस आधारमा सो प्रक्षेपण गरेको हो ।

त्यस्तै, नयाँ मौद्रिक नीतिमा यसअघि अवलम्बन गरिएको लचिलो नीतिलाई पनि निरन्तरता दिएको गभर्नर पौडेलले बताए । सार्वजनिक मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुनेगरि नीतिगत सुधारमा जोड दिएको गभर्नर पौडेललेको दाबी छ ।