आज कँहा छ बाढीको जोखिम ?


काठमाडौँ।  बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाहरू भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बुलेटिन जारी गरेको छ। 

महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल नै रहेको जानकारी दिएकाे छ। 

ठुला नदीहरूको अवस्था सामान्य रहे तापनि साना नदी तथा खोलाहरूमा भने बहाव बढ्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान बुलेटिन अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ।