काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज उद्यमी व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् । बुधबार बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भएको हो ।
प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्न लागेका हुन्। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेपनि उनले समय उपलब्ध गराएका थिएनन् ।
प्रधानमन्त्रीले चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् ।



प्रतिक्रिया