काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण संगठित अपराधको ‘मतियार’का रूपमा दोषी ठहर भएका छन् । मंगलबार जिल्ला अदालत काठमाडौँले फैसला सुनाउँदै पूर्वगृहमन्त्री खाणमाथि यस्तो फैसला सुनाइएको हो ।
उनी २०८० मंसिर २९ गते ७ महिना जेल बसेर धरौटीमा रिहा भएका थिए । त्यो बेला पुर्पक्षका लागि ७ महिना थुनामा बसेका खाण लाई उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएसँगै थुना बाहिर बसेर मुद्दा लडिरहेका थिए ।
शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौँमा खाणसहितका आरोपितविरुद्ध २०८० जेठ १० गते मुद्दा दायर भएको थियो ।



प्रतिक्रिया