राष्ट्रिय मानव अधिकार आयोगमा पुगे सुकुमवासीहरू


काठमाडौं । काठमाडौं उपत्यका विभिन्न स्थानबाट विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । आफूहरुको मानव अधिकार हनन् भएको भन्दै उनीहरू आयोग पुगेका हुन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले यसबारेमा जानकारी दिएका हुन्।
। यो विषयमा पहिले पनि आयोगले सिफारिस गरेको उनले बताए । ‘सुकुमवासी हटाउन सक्छ । तर, पहिले व्यवस्थापन गर्नुपर्छ भनेर आयोगले पहिले नै सिफारिस गरिसकेको छ’, अध्यक्ष मगरले भने ।

सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो । त्यहाँको अवस्थालाई लिएर समेत आयोगमा उजुरी आएको अध्यक्ष मगरले बताए ।