संसद बैठकमा तनाव : एमाले सांसदले सभामुखलाई कान सुन्नुहुन्छ कि हुन्न ? भनेपछि रिसाए सभामुख


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा तनाव उत्पन्न भएके छ ।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अर्यालले कांग्रेस सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्न समय दिए ।

त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्नको लागि समय सभामुखले दिए । राइले बोले क्रममा सुरुमै सभामुखलाई कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेपछि सभामुख डिपी अर्याल आक्रोशित बने । सभामुख अर्यालले  आफ्नो भनाइ मर्यादामा रहेर राख्न भन्दै चेतावनी दिए । त्यतिमा उनी रोकिएनन् । सभामुखले अगाडि भने, ‘सभामुखको अवहेलना गर्दै हुनुहुन्छ।’

उनले त्यसपछि थप बोल्नको लागि समय पनि उपलब्ध गराएनन् ।

सांसद राईको उक्त अभिव्यक्ति माथि रास्वपाका सांसद टिका संग्रौलाले आपत्ति जनाइन र रेकर्डबाट हटाउन माग गरिन् । सभामुखले पुन:सांसद राइलाई बोल्न अनुमति दिए । उनले बोल्दाबोल्दै बीचमै रोकेर सभामुखले १५ मिनेटका लागि बैठक नै स्थगित गरेका छन् ।