काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रतिनिधि सभाको बैठकमा बोलेका असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोलकुमार अर्यालले निर्देशन दिएका छन् ।
सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनको त्यही अभिव्यक्तिका कारण प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित समेत भयो ।
स्थगित भएको बैठक सुरु भएपछि सभामुख अर्यालले राईको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।



प्रतिक्रिया