काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन रुलिङ गर्न माग गरेको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर बोलाउन सभामुखसँग माग गरेका हुन् ।
‘उहाँलाई डाक्नुपर्यो। यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो। जनताबाट चुनेर आएका प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ। उहाँलाई डाक्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री शाहलाई रोस्ट्रममा उभ्याएर हिजोको गल्ती सच्चाउन माग गरे। सांसद राईले प्रधानमन्त्रीले संसद्मा आएर प्रतिपक्षका प्रश्नको जवाफ नदिएसम्म आन्दोलन र विरोध जारी रहनेसमेत बताए ।



प्रतिक्रिया