काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान गरेका छन् । उनका स्वकीय रञ्जित झाका अनुसार चार दिने भ्रमणका लागि सिंह बुधबार चीन प्रस्थान गरेका हुन् ।
सिंह चीन भ्रमणमा जानुको कारण भने खुलेको छैन । उनीसँगै अन्य सांसदहरु पनि साथमा गएके तर कारण भने आफूलाई थाहा नभएको उनका स्वकिय झाले बताए ।
पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारसँग असन्तुष्ट रहेका सिंह रास्वपाको चितवनमा भएको प्रथम महाधिवेशनमा पनि सहभागी भएनन्।



प्रतिक्रिया