काठमाडौं, असार २४ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका उपसभामुख तथा उपाध्यक्षहरूको संवैधानिक भूमिकालाई थप प्रभावकारी, जिम्मेवार र ओझपूर्ण बनाउने उद्देश्यका साथ भोलिदेखि दुई दिने सम्मेलन आयोजना हुन लागेको छ।
कोशी प्रदेशसभाको आयोजनामा झापाको बिर्तामोडमा हुन लागेको यस सम्मेलनको भोलि बिहीबार बिहान ९ बजेदे औपचारिक उद्घाटन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने सम्मेलन उपसभामुख र उपाध्यक्षको पदलाई कसरी थप सक्रिय र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ ।
सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र सातै प्रदेशका उपसभामुखहरूबीच कार्य अनुभव आदानप्रदान गर्ने तयारी रहेको छ । सम्मेलनमा संघीयता र संसदीय मामिलाका विज्ञहरूबाट कार्यपत्र समेत प्रस्तुत हुनेछन्। सम्मेलनमा डा. खिमलाल देवकोटा र पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यपत्र पेस गर्नेछन् ।



प्रतिक्रिया