बालमन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ


काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका स्रोतले बतायो ।

पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।