काठमाडौँ । नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
सरकारले सुकुमबासीहरूको समस्या नगद बाँडेर अस्थायी रूपमा समाधान गर्न खोज्न नहुने र उनीहरूलाई सुरक्षित आवाससहितको व्यवस्था गर्नुपर्ने उनले बताए ।
‘५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिइयोस् । अर्को अस्थायी रूपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरूलाई सुरक्षित आवास र दीर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस् ,’ उनले भनिन् ।



प्रतिक्रिया