काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उठेका प्रश्नको जवाफ संसद्मा दिने कि पार्टीको महाधिवेशनमा दिने भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान र सिमाना जस्तो संवेदनशील विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ सदनमा मागिए पनि उनले जवाफ भने रास्वपाको महाधिवेशनमा दिएको भन्दै आपत्ति जनाइन् ।
‘के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ? के सार्वभौम संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो ?,’ ओलीले भनिन् ।
संविधानले कार्यपालिकालाई संसद् प्रति उत्तरदायी बनाएको स्मरण गराउँदै उनले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।
नेपालले भारतको भूमि मिचेको भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिको चर्चा गर्दै सांसद ओलीले यसले नेपाली जनताको शिर निहुरिएको बताइन् ।



प्रतिक्रिया