काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया थालेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा साथै गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
उनीहरूको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए ।
आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गर्ने योजना छ ।
संवैधानिक परिषद्को असार १९ गतेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा तीन जनाको नाम सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।



प्रतिक्रिया