एमाले पुनर्गठन कार्यदलको बैठक सुरु,ओली पनि सहभागी


काठमाडौँ । नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

उपाध्यक्ष रामबहादुर थापा ‘‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ । कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छन् ।