राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् ।

विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल लगेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । ती पुरुषको नाम र आत्मदाह प्रयास गर्नुको कारण भने खुल्न बाँकी छ ।