काठमाडौं । गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् । उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरु प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोशित भएका छन् । ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ ,‘राज्य आतंका मुर्दावाद’, ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो’, ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा मृत्यु भएको थियो ।



प्रतिक्रिया