काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवरले गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले गणेश नेपालीको दुःखद निधनको खबरले आफुलाई भावविह्वल र पीडाबोध गराएको उल्लेख गरेकी छन्।
‘म हृदयदेखि नै लज्जाबोध गरिरहेको छु। आफ्नै देशमा केही गर्छु भन्ने सपना बोकेर सहर आएको एक युवाले अन्ततः आफैँलाई आगो लगाएर ज्यान गुमाउनुपर्ने अवस्था सामान्य होइन। मानवताविहीन कानुनले कसैलाई पनि कहीं पुर्याउँदैन। राज्यका सबै संयन्त्र संवेदनशील, जिम्मेवार र गम्भीर बन्नुपर्छ,’ उनले लेखेकी छन् ।



प्रतिक्रिया