काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा स्टन्ट देखाएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा हिजो एयरपोर्टमा क्यामेरा लिएर दौडिएको उनले बताए ।
‘गृहमन्त्री तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उदेश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो,’ उनले भने ।
उनले गृहमन्त्रीको आदेशले जनता बाँच्यो कि बाँचेन भन्ने मुख्य कुरा भएको बताए । उनले मन्त्रीहरूलाई सडकमा चटक नदेखाउन आग्रह समेत गरे ।



प्रतिक्रिया