काठमाडौं । त्रिपुरेश्वस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गर्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकी महिला नगर प्रहरीबीच भनाभन भएको भिडियो बाहिरिएको छ । उनीहरूबीच बाइक त्यहाँ रोकेको विषयमा भनाभन भएको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक भिडियोमा नगर प्रहरीले त्यहाँ बाइक किन रोकेको भनेको सुनिन्छ ।
यस्ताे छ सार्वजनिक भिडियाेमा उनीहरुबीच भएकाे भनाभन :
महानगर प्रहरी- कहाजानु हुन्छ जानू ।
गणेश नेपाली- किन ?
महानगर प्रहरी – किन भागेर आ’को ?
गणेश नेपाली – कहाँ रोक्या थियो भन्नु न ?
महानगर प्रहरी – माथि रोक्याथ्यो
गणेश नेपाली – बाइकमा बस्दा लक लगाउँछ ?
महानगर प्रहरी – भन्या नमान्ने ? मिल्दैन भनेँ त मैले । के गर्नुहुन्छ भनेर किन भन्नुभयो ?
गणेश नेपाली – म हिँड्न लाको..
महानगर प्रहरी – मेरो मोबाइल झारेर किन भागेर आ’को
गणेश नेपाली – तपाईंले किन लक ल’गा तनि ?
महानगर प्रहरी – नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के लगाउनु?
गणेश नेपाली – कोले ?
महानगर प्रहरी- माला लाइदिने ?



प्रतिक्रिया