काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा कोल्दै उनले आफू जनताको सेवाका लागि आएको बताए ।
‘घाँटी चिच्याएर मात्रै हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’



प्रतिक्रिया