काठमाडौँ । गणेश नेपालीको लागि न्यायको माग गर्दै संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सहभागीहरूले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नाराबाजी लगाएका थिए।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भयो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि केही समय तनावको अवस्था सिर्जना भएको हो ।
संयुक्त विद्यार्थी संगठनले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिन माग गरेको छ।
नेपालीले बिहीबार राहदानी विभाग अगााडि आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालमा शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो ।



प्रतिक्रिया