काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइन खबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद रुपमा गाडी राखिएको खबर बाहिरिएसँगै प्रहरीले अनुसन्धान सुरु गरेकोसमेत बताइएको छ ।
त्यस्तै नेपाली कांग्रेस सभापति गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको छ । थापाको घरअगाडि सोमबार बिहानदेखि एउटा कार पार्क गरिएपछि स्थानीय आवतजावत प्रभावित भएको थियो । त्यसबारेमा सूचना प्राप्त हुनासाथ प्रहरीको टोली पुगेर गाडी गाडी हटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
यसमा रोचक चाँहि के छ भने कार त्यहाँ राखेर चालक प्रहरीकै गाडी चढेर हिँडेको एक स्थानियले बताएका छन् । ती स्थानीयका अनुसार बिहान करिब ७ बजेदेखि उक्त कार थापाको घरअगाडि राखिएर उनी प्रहरीको गाडी चढेर गएका थिए ।
यस घट्नलाई लिए र अहिले सामाकि सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । मिडिया हाउस अगाडी पत्रकारहरुलाई आवतजावतमा समस्या हुनेगरी शंकास्पद रुपमा गाडी राखिएको भन्दै पत्रकार महासंघले ध्यानाकर्षण जनाउँदै घटनास्थलको प्रत्यक्ष रुपमा अवलोकनसमेत गरेको छ ।
यसैबीच कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको पाइएको छ ।



प्रतिक्रिया