प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त


काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सोमबार नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।

सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनलाई छनोट गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नियामक निकायले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नलाई निर्देशन दिए ।