काठमाडौँ । सामेबार दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
रोशी खोलामा पानीको सतह बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
राजमार्ग खुलेसँगै विभिन्न स्थानमा होल्ड गरिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा प्रहरी र सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।



प्रतिक्रिया