मिडिया हाउसको गेटमा गाडी राखेर सरकारले मण्डलेतन्त्र देखायाे


काठमाडौँ । एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया हाउसको गेट र कांग्रेस सभापति गगन कुमार थापाको घर अगाडि शङ्कास्पद रुपमा गाडी राखिएका घटनाप्रति आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरेका हुन् ।

हेर्दा यो साङ्केतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस भएको उनले बताए ।

सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गर्न सांसद ठगुन्नाले माग गरे ।