काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबारका लागि बुलेटिन जारी गरेको छ । जसमा आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल नै रहेको जनाएको छ।
यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामा अर्थात् सतर्कता तह भन्दा तल नै छ।
ठुला नदीहरूमा बहाव सामान्य रहे पनि स(साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम देखिएको छ।
यस्तै सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, बाँके, बर्दिया र यस आसपासका जिल्ला भई बहने स(साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ।





प्रतिक्रिया